दुर्घटनामा परेर एक जनाको मृत्यु
चितवन । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७४ नम्वरको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्वरको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्वरको ट्याङ्करमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका वडा नम्वर ४ का २३ वर्षीय सन्तोष चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर चेपाङको घटनास्थलमै मृत्यु भएको हो । मृतक चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ । ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
