माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

तु खबर संवाददाता
२०७९ जेष्ठ २४, मंगलवार १५:४४
सांकेतिक तस्वीर

सप्तरी । सप्तरीमा मंगलबार बिहान माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । लहानबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश ०३–००१ ज ०२७७ नम्वरको माइक्रो बस जिल्लाको राजविराज–रुपनी सडकखण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादव रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएकी तारावतीलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइतेहरुको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।