बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन ।
