प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
यस्तै, आजैको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा प्रस्तुत गरिने विद्येयकबारे अन्तिम कार्यसूची बनाउनेछ ।
