मकवानपुर गोल्डकपः नेपाल एपिएफ र फ्रेन्डस क्लबबीच प्रतिस्प्रर्धा हुने

तु खबर संवाददाता
२०७९ जेष्ठ २१,शनिबार १०:३३

मकवानपुर । चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तरगत आज (शनिबार) सशस्त्र प्रहरीको नेपाल एपिएफ काठमाडौं र फ्रेन्डस क्लब ललितपुरबीच प्रतिस्प्रर्धा हुने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले रंगशालामा अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

आगामी ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख रुपैयाँ र उपविजेता टोलिले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक, विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ प्राप्त हुनेछ ।