सरकारले नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने

तु खबर संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार १०:१७
file-photo

काठमाडौं । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई दुई दिने अभिमूखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो ।

मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई अभिमूखीकरण दिन लागेको मन्त्रालयका सहसचिव डा. गोपिकृष्ण खनालले जानकारी दिए । उनका अनुसार, जनप्रतिनिधिलाई ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने भएको हो ।

मन्त्रालयले प्रदेश–१ र सुदूरपश्चिम प्रदेशमा यही जेठ २५ र २६ गते, मधेस, गण्डकी र कर्णालीमा जेठ २७ र २८ गते, बागमती र लुम्बिनीमा जेठ ३० र ३१ गते अभिमूखीकरण दिने भएको हो । कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।