संसदीय निर्वाचन कात्तिकको अन्तिम वा मंसिरको पहिलो साता गर्ने तयारी

तु खबर संवाददाता
२०७९ जेष्ठ १८, बुधबार १८:१५
file-photo

काठमाडौं । सत्तारुढ दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी कात्तिक अन्तिम वा मंसिरको पहिलो सातामा गर्ने तयारी गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा उक्त विषयमा छलफल भएको नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, छलफलका क्रममा सहभागी केही दलका नेताहरुले उक्त निर्वाचन कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने भन्दै मिति प्रस्ताव गरेका थिए भने केहीले मंसिर अन्तिम सातामा गर्दा पनि हुने धारणा राखेका थिए ।

दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने उनले बताए । यसअघि २०७४ को सालमा मंसिर १० गते र २१ गते गरी दुई चरणमा निर्वाचन भएको थियो ।