सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु, ४० घाइते

एजेन्सी
२०७९ जेष्ठ १७, मंगलवार ०९:१३
सांकेतिक तस्वीर

काठमाडौं । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रस्थित सुनखानीका मजदुरहरूबीच भएको झडपमा एक सय जनाको मृत्यु भएको छ । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा सुन झिक्ने विषयमा मौरिसियाली र लिबियाली मजदुरबीच झडप हुँदा उनीहरुको मृत्यु भएको रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए ।

उनका अनुसार, झडपमा ४० जनाभन्दा बढी घाइते भएका छन् । १० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए । सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार झडप भइरहेको छ । उक्त घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको रक्षामन्त्री ब्राहिमले बताए ।