बजेट भाषणः प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन

तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:३८

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिरहेका छन् । उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको जानकारी दिएका छन् ।

आगामी आवको बजेटमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको पुर्नसंरचना गरिने उल्लेख गरिएको छ । जोनहरुलाई प्रदेशमा हस्तान्तरण गरिने अर्थमन्त्री जनादर्न शर्माले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको समेत उनले बताए ।  त्यस्तै उनले सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने उल्लेख गरेका छन् ।

त्यस्तै ३ वर्षभित्र भूमिहीन दलितलाई आवास उपलब्ध गराउने पनि बजेटमा उल्लेख गरिएको छ । यसका साथै ८ लाख नेपालीलाई निरपेक्ष गरिबिको रेखाभन्दा माथि ल्याउने योजना सरकारले बजेटमा पेश गरेको छ ।

त्यस्तै आगामी आवमा आयात २० प्रतिशतले घटाइने लक्ष्य सरकारले लिएको छ । नेपालको व्यापारघाटा घटाउने रणनीति लागू गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

त्यस्तै आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने सरकारको लक्ष्य रहेको छ । आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने उनले उल्लेख गरे ।