बजेट भाषणः वार्षिक ३० प्रतिशत रोजगारी बढाइने
काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्री शर्माले सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने उल्लेख गरेका छन् ।
त्यस्तै ३ वर्षभित्र भूमिहीन दलितलाई आवास उपलब्ध गराउने पनि बजेटमा उल्लेख गरिएको छ । यसका साथै ८ लाख नेपालीलाई निरपेक्ष गरिबिको रेखाभन्दा माथि ल्याउने योजना सरकारले बजेटमा पेश गरेको छ ।
त्यस्तै आगामी आवमा आयात २० प्रतिशतले घटाइने लक्ष्य सरकारले लिएको छ । नेपालको व्यापारघाटा घटाउने रणनीति लागू गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।
त्यस्तै आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने सरकारको लक्ष्य रहेको छ । आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने उनले उल्लेख गरे ।
