बजेट भाषणः आगामी आर्थिक वर्ष आयात २० प्रतिशत घटाइने
काठमाडौँ । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिरहेका छन् । उनले आगामी आवमा आयात २० प्रतिशतले घटाइने लक्ष्य लिइएको बताएका छन् । नेपालको व्यापारघाटा घटाउने रणनीति लागू गरिने उनले बताएका छन् ।
त्यस्तै आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने सरकारको लक्ष्य रहेको छ । आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने उनले उल्लेख गरे ।
