भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरको अध्यक्षमा चौँलागाई

तु खबर संवाददाता
२०७९ जेष्ठ १४, शनिबार ०९:१३

मकवानपुर । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरको अध्यक्षमा केदारप्रसाद चौँलागाई चयन भएका छन् । संस्थाको हेटौंडामा भएको प्रथम साधारणसभाबाट चौँलागाईको नेतृत्वमा ७ ससदस्यी कार्यसमिति चयन भएको हो ।

यस्तै, उपाध्यक्षमा निमेष निखिल, सचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा घनश्याम घिमिरे चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमश : शिवनारायण श्रेष्ठ, मोहनप्रसाद ढकाल र रामजी न्यौपाने चयन भएका छन् ।