सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते
सल्यान । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा हुँदा ७ जान घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका–९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्वरको यात्रु बस बागचौर नगरपालिका– २ शारदा खोलामा दुर्घटना हुँदा ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते भएका सात जनामध्ये ४ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ भने तीन जनाको थारमारेस्थित जनप्रिय अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटना भएको ठाउँमा टिप्पर दुर्घटना भएको थियो । बाटो साँघुरो देखेपछि बसका चालक गाडीलाई रोकेर बाहिर निस्केको बेला बस गुडेर तल खसेको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
