आज नेप्से १५ अंकले घट्दा १ अर्बमाथिको कारोबार
काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले घटेको छ । बिहीबार झिनो अंकले वृद्धि भएको नेप्से परिसूचक शुक्रबार १५ दशमलव ८२ अंकले घटेर २२२३ दशमलव ७८ को विन्दुमा कायम भएको छ । यसअघि बिहीबार नेप्से ८ दशमलव ०३ अंकले बढेर २२३९ दशमलव ६० विन्दुमा कायम भएको थियो ।
यस्तै, आज २२३ सूचीकृत कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज होटल र टुरिजम बाहेक सबै क्षेत्रको उपसूचक घटेको छ । होटल र टुरिजम क्षेत्रमा ० दशमलव ०८ प्रतिशतको मात्रै सुधार देखिएको छ ।



