बिहीबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पाँचौ दिन बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार १४ दशमलव ३७ अंकले अंकले बढेको नेप्से परिसूचक आज ८ दशमलव ०३ अंकले बढेर २२३९ दशमलव ६० विन्दुमा कायम भएको छ ।
आज नेप्से परिसूचक ८ अंकले बढ्दा सूचीकृत २२२ कम्पनीको २३ लाख २० हजार ८१६ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ८७ लाख ८१ हजार ९०७ रुपैयाँको कारोबार भएको छ । यसअघि बुधबार नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान् र अन्य समूह बाहेकका सबै सूचक चम्किएको छ । सर्वाधिक जीवन बीमा समुहको ८९.८८ रुपैयाँ र उत्पादन तथा प्रशोधन समुहको २७.५५ रुपैयाँले बढेको छ ।



