एम्बुलेन्स दुर्घटना हुँदा वृद्धाको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार ०९:४३
सांकेतिक तस्वीर

काठमाडौं । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नम्वरको एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्का रहेका छन् । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।