आज नेप्से १४ अंकले बढ्दा १ अर्ब ४ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १६:०१
file-photo

काठमाडौं । आज साताको चौथो दिन शेयरबजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से परिसूचक आज १४ दशमलव ३७ अंकले बढेर २२३१ दशमलव ५७ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक निर्जिबन बीमा समुहको १३४ दशमलव ५१ रुपैयाँले बढ्न पुगेको छ । त्यस्तै, जीवन बीमा समुहको ६६ दशमलव ५१ रुपैयाँ र व्यापार समुहको २९ दशमलव २१ रुपैयाँले बढ्न पुगेको छ ।