बसको ठक्करबाट प्रहरी कर्मचारी र म्यादीको मृत्यु
झापा । झापाको धरमपुरमा यात्रुबहाक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान को १ ख ७१८७ नम्वरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेहरू मोरङको पथरी शनिश्चरे नगरपालिका ८ का प्रकाश राई र भोजपुरको सडानन्द नगरपालिका ८ का चिचोहाङ राईका रहेका छन् । प्रकाश प्रहरी कर्मचारी हुन् भने चिचोहाङ म्यादी प्रहरी हुन् । उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
