नीति तथा कार्यक्रम : घाटा बेहोरिरहेका सार्वजनिक संस्थान निजी क्षेत्रलाई जिम्मा दिने

तु खबर संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:५३
file-photo

काठमाडौं । सरकारले घाटा बेहोरिरहेका सार्वजनिक संसथान निजी क्षेत्रलाई जिम्मा दिने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई सुम्पने जानकारी दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन् । यस्तै, निजी क्षेत्र सक्षम रहेका क्षेत्रमा सञ्चालन भइरहेका सार्वजनिक संस्थाको समेत जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारी योजना छ ।