दूध बोक्ने गाडीको ठक्करबाट रेग्मीको मृत्यु
काठमाडौं । काठमाडौँको नैकपामा टूध बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नैकाप–१४ स्थित भित्री सडकमा मंगलबार बिहान ५ बजे धादिङको ज्वालामुखी गाउँपालिका–५ बस्ने २२ वर्षीय मानबहादुर दुवाडीले चलाएको दूध बोक्ने बा प्र ०१–०२६ च २१५१ नम्वरको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ध्रुवप्रसाद रेग्मी रहेका छन् । गाडीको ठक्करबाट गम्भीर घाइते भएका रेग्मीलाई उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ । प्रहरीले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।
