निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको जेठ ६ गतेको निर्णयअनुसार आज (सोमबार) देखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुल्ला गरिएको हो ।
इच्छुक उम्मेदवारले आजदेखि असार ७ गतेसम्म नियमित शुल्कमा र असार १४ गतेसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् । विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।

