बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको दशौं अधिवेशन बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको दशौं अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आज (शुक्रबार) बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोही अनुसार, प्रदेश प्रमुख शर्माल नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी प्रदेशसभाको बैठक अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
