हेटौंडा ११ मा ५५० मतगणनाः कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १३:१३

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,५,६,७, १४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ११ को हालसम्म ५५० मत गणना हुँदा

मेयर पदमा
गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा – १४९
नेकपा एमालेका अनन्त पौडेल – १४१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंह – १८०

उपमेयर पदमा
गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ – १९८
एमालेकी सुमित्रा काफ्ले – १९०
राप्रपाकी इन्दिरा डल्लाकोटी –४६

वडा अध्यक्ष पदमा
एमालेकी जुना दाहाल – २०५
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मधुकुमार थापा मगर – १४९
स्वतन्त्र उम्मेदवार अक्कल बहादुर रोक्का क्षेत्री – ९१