हेटौंडा १४ को २३५२ मतगणना : कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १८:२१
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ३५२ मत गणना भएको छ । जसमा मेयर पदमा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार २५३ मत प्राप्त गरेका छन् ।

यसैगरी, गठबन्धनकी मिना लामाले ७५५ मत र राप्रपाका उम्मेदवार दिपक सिंहले १४४ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेकी सुमित्रा काफ्लेलाई १ हजार २८४ मत, राजेश बानियाँलाई ७६६ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ७७ प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार दिपक खड्काले १ हजार ३७७ मत, गठबन्धनको तर्फबाट नेकपा माओवादीका ज्ञानेन्द्र मुक्तानले ८५८ मत र राप्रपाका उम्मेदवार जानुका दुवाडीले १९ मत प्राप्त गरेका छन् । हेटौंडा १४ मा कूल ३ हजार ११० मत खसेको थियो । जसमध्ये अब ७५८ मत मात्र गन्न बाँकी छ ।