हेटौंडा ४ को २८५४ मतगणनाः मेयरमा सिंह, वडामा सिग्देल अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ८५४ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार १८८ मत ल्याएका हुन् ।
यसैगरी, गठबन्धनकी मिना लामाले ७४२ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६८९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १ हजार ४४६ मत, एमालेकी सुमित्रा काफ्लेलाई ८३२ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ३८८ प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले १ हजार १६८ मत, एमालेका नविन सिग्देलले १ हजार २११ मत र राप्रपापाका उम्मेदवारले ३२२ मत प्राप्त गरेका छन् ।
