हेटौंडामा २८३५६ मत गणनाः लामा अघिअघि, सिंह पछिपछि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी मीना कुमारी लामाले अग्रता लिएकी छिन् । कूल २८ हजार ३५६ मत गणना हुँदा १२५ मतले अग्रता लिएकी हुन् । उनले ८ हजार ९१५ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै राप्रापाका उम्मेदवार दीपक बहादुर सिंहले ८ हजार ७९० मत पाएका छन् भने नेकपा एमालेका अनन्त पौडेलले ७ हजार ६०२ मत ल्याएका छन् ।
उपमेयर पदमा गठबन्धनका राजेश बानियाँ एमालेकी सुमित्रा काफ्लेभन्दा ३ हजार ६७८ मतले अगाडि छन् । राजेशले ११ हजार ७११ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले ८ हजार ३३ मत पाएकी छन् ।
हालसम्म हेटौंडाको ५ वडाको मतगणना सम्पन्न भएको छ । १,२ र ३ नम्वर वडामा कांग्रेसले नेतृत् लिएको छ भने १८ र १९ नम्वर वडामा नेकपा एमाले विजयी भएको छ ।
