मकवानपुरगढी ४ मा एमालेका तिमल्सिना निर्वाचित
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडामा जम्मा १ हजार ५ सय ८६ मत खसेको थियो । जसमा नेकपा एमालेका अर्जुन प्रसाद तिमल्सिना विजयी भएका छन् । उनले ६२५ मत ल्याएका हुन् ।
त्यस्तै, माओवादीका हेमबहादुर योञ्जनले ४७० मत र नेपाली कांग्रेसका देवनारायण लामिछानेले ३९६ मत प्राप्त गरेका छन् । १३ मत पूर्ण बदर भएको छ ।
सो वडाबाट गाउँपालिका अध्यक्ष पदमा गठबन्धनका दोर्जे लामा स्याङ्तानलाई ६६८, नेकपा एमालेका विदुर हुमागाईंलाई ६४१ मत प्राप्त भएको थियो । त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनकी मानकुमारी पाख्रिनलाई ६८० र एमालेकी सन्तु थिङ्लाई ६६५ मत प्राप्त भएको थियो ।
समाचार सम्प्रेषणका क्रममा उम्मेदवारहरुले प्राप्त गर्नुभएको मत विवरणमा अन्यथा हुन गएकोले सच्याइएको छ । – सम्पादक
