हेटौंडा १७ मा २०१५ मतगणना : मेयरमा राप्रपा, वडामा कांग्रेस अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १८:१९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार १५ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले ६१४ मत प्राप्त गरेका छन् ।

यसैगरी, गठबन्धनकी मिना लामाले ५५४ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ५८७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ७६३ मत, एमालेकी सुमित्रा काफ्लेलाई ५८९ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १४० प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ६७३ मत, एमालेका उम्मेदवारले ५८६ मत, नेकपा माओवादीका उम्मेदवारले ४५६ मत र राप्रपाका उम्मेदवारले ८४ मत प्राप्त गरेका छन् ।