मतगणना अपडेट : हेटौंडा १५ को १५० गन्दा एमाले अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १२:०१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म १५० मत गणना भएको छ । जसमा मेयर पदमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६७ मत प्राप्त गरेका छन् ।

यसैगरी, गठबन्धनकी मिना लामाले ४८ मत र राप्रपाका उम्मेदवार दिपक सिंहले १६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ५० मत, एमालेकी सुमित्रा काफ्लेलाई ८० मत र राप्रपाका इन्दिरा डल्लाकोटीलाई ८ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ४८ मत, एमालेका उम्मेदवारले ९२ मत र राप्रपाका उम्मेदवारले ३ प्राप्त गरेका छन् ।