हेटौंडा ५ मा १२६४ मत गन्दा मेयरमा राप्रपा, उपमेयरमा गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म १ सय २६४ मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंह अगाडि छन् । सिंहले ५२८ मत प्राप्त गरेका छन् ।
यसैगरी, गठबन्धनकी मिना लामाले २८६ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ३३२ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ७५३ मत, एमालेकी सुमित्रा काफ्लेलाई २९२ मत, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ८३ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ३२३ मत, एमालेका उम्मेदवारले ६१५ मत र राप्रपाका उम्मेदवारले ८४ मत प्राप्त गरेका छन् ।
