हेटौंडा १८ मा ३६०२ मत गणनाः कसको मत कति ?
मकवानपुर । स्थानीय तह निर्वाचन अन्तरगत हेटौँडा उपमहानगरपालिकाको मतगणना जारी छ । हालसम्म वडा नम्वर १८ को ३ हजार ६०२ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले १ हजार २६०, नेकपा एमालेका अनन्त पौडेलले १ हजार २२० र राप्रपाका दिपक सिंहले ७५७ मत ल्याएका छन् ।
त्यस्तै उप प्रमुखमा गठबन्धनका राजेश बानियाँले १ हजार ६३८, एमालेकी सुमित्रा काफ्लेले १ हजार ४३१ र राप्रपाका उम्मेदवारले २१२ मत प्राप्त गरेका छन् । वडा अध्यक्ष पदमा भने एमालेका अनिल बानियाँले १ हजार ७०४, गठबन्धनका रामबाबु बानियाँले १ हजार ५२७ र राप्रपाका उम्मेदवारले १३१ मत प्राप्त गरेका छन् ।
