हेटौंडा ४ मा १५० मत गणनाः मेयरमा हलो अगाडि, वडामा प्रतिस्पर्धा

तु खबर संवाददाता
२०७९ जेष्ठ २, सोमबार १४:४९

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर ४ को मतगणना भर्खरै सुरु भएको छ । हालसम्म १५० मतगणना गरिएको छ । एमालेको राम्रो पकड भएको भनिएको सो वडामा हालसम्म मेयर पदमा भने राप्रपाले अग्रता लिएको छ ।

प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ४१, नेकपा एमालेका अनन्त पौडेललाई ४४, र हलोमा ४५ मत प्राप्त भएको छ ।

त्यस्तै उपमेयरका लागि गठबन्धनका राजेश बानियाँले ७४, एमालेकी सुमित्रा काफ्लेलाई ४८, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १६ मत प्राप्त भएको छ ।

त्यस्तै वडा अध्यक्षमा गठबन्धनका हरिप्रसाद पौडेलले ६० र एमालेका नविन सिग्देलले ६२ मत प्राप्त गरेका छन् । यस वडामा कुल ८ हजार ४ सय २५ मतदाता रहेकोमा ४ मा ५ हजार ७७ मत खसेको थियो ।