अपडेटः बकैया ८ मा माओवादीका विष्णु नेगी निर्वाचित

तु खबर संवाददाता
२०७९ जेष्ठ २, सोमबार १४:२६

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ८ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

८ नम्वर वडाको अन्तिम मतपरिणाम आउदा माओवादीका विष्णु नेगी ६३३ मतका साथ विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिद्धि मन घलानलाई पराजित गर्दै विजयी बनेका हुन् । कांग्रेसका घलानले ५८२ मत प्राप्त गरे त्यस्तै एमालेका राम बहादुर गोलेले ५२३ मत ल्याएका छन् ।