हेटौंडा २ मा गठबन्धनका महर्जन विजयी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा वडा अध्यक्ष पदमा गठबन्धनका विष्णु गोपाल महर्जन विजयी भएका छन्
। मतगणना सम्पन्न हुनु अगावै उनी विजयी भएका हुन् । वडा नम्वर २ मा जम्मा ३ हजार २ ८६ मत खसेकोमा हालसम्म २ हजार ९२६ मत गणना भएको छ । अब जम्मा ३५९ मत मात्रै गन्न बाँकी रहेको छ ।
२ हजार ९२६ मत गणना हुँदा नै ३६५ मतले अग्रता लिएपछि महर्जन विजयी भएका हुन् । बाँकी ३५९ मत गणना हुन बाँकी रहेकोले आधिकारिक रुपमा उनी विजयी भएको घोषणा गर्न भने बाँकी छ ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका हरि राउतले ७२४ मत ल्याएका छन् भने राप्रपाका किशोर ढकालले ४८४ मत पाएका छन् । वडा नम्वर १ मा पनि गठबन्धनका सविन न्यौपाने निर्वाचित भएका थिए ।
