अपडेटः थाहा–६ मा कांग्रेसको प्यानल नै विजयी
मकवानपुर । स्थानिय तह निर्वाचनको जारी मतगणनामा थाहा नगरपालिका वडा नं ६ को नतिजा सार्वजनिक भएको छ ।निर्वाचन कार्यालयले जानकारी दिए अनुसार वडा नं ६ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रभक्त श्रेष्ठसहित प्यानलनै निर्वाचित भएको हो ।
विजयी श्रेष्ठले १ हजार १३८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धीहरु नेकपा एमालेका मनहरी भट्टले ६४२ तथा माओवादीका इन्द्र श्रेष्ठले ५१७ मत प्राप्त गरे ।
त्यसैगरी खुल्ला सदस्यमा कांग्रेसका मनोरथ बलामीले ८८८, पुर्णबहादुर घोम्बाले ९५६ मत , महिला सदस्य उर्मिला अधिकारीले १ हजार ५ तथा दलित महिला सदस्य कौशिला दर्जिले १०२६ मत ल्याइ विजयी भएका छन्
।
