हेटौंडामा मिना अघिअघि, दिपक सिंह पछिपछि

तु खबर संवाददाता
२०७९ जेष्ठ २, सोमबार ०९:१०
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १ को मगणना सम्पन्न भइसकेको छ भने वडा नम्वर २,३,१८ र १९ को मतगणना जारी रहेको छ ।

हालसम्म १२ हजार ३९२ मत गणना भएको छ । जसमा गठबन्धनकी मिना कुमारी लामाले ३ हजार ७ ९२ मत प्राप्त गरेकी छिन् । उनले राप्रपाका दिपक बहादुर सिंहलाई ३७ मतले पछि पारेकी हुन् ।

सिंहले ३ हजार ७५५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अनन्त पौडेलले ३ हजार २७२ मत प्राप्त गरेका छन् ।