भीमफेदी ८ मा एमालेका लामा निर्वाचित

तु खबर संवाददाता
२०७९ जेष्ठ २, सोमबार ०७:०३

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।

वडा अध्यक्षमा एमालेका उम्मेद्वार विष्णु बहादुर लामाले ६ सय ८२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । लामाका निकटतम् प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका समुन्द्र मान घिसिङ ५ सय ९६ मत ल्याएका छन् ।

सोही वडाबाट अध्यक्ष पदका उम्मेदवार लामालाई गठबन्धनका उम्मेदवारको तुलनामा धेरै मत आएको थियो ।