मनहरीमा १६९५ मतले रन्जन अगाडि
मकवानपुर । मनहरी गाउँपालिकाको वडा नम्वर १, २ र ३ नम्वर वडाको मतगणना सम्पन्न भएको छ । जसमा गठबन्धनका उम्मेदवार रन्जन कालाखेतीले हालसम्म ३ हजार १ सय मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले १ हजार ४ सय ५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनकी सिता पुलामी (रेखा)ले १ हजार ८१६ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेकी सुजिता थिङ्ले १ हजार ४ सय मत पाएकी छिन् ।
वडा नम्वर १ र ३ मा कांग्रेसले जितेको छ भने २ नम्वरमा माओवादी केन्द्रले नेतृत्व लिएको छ ।
