हेटौंडामा चार मतगणना स्थल थपिँदै

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार २१:२९

मकवानपुर । मत गणनामा ढिलाई भएपछि हेटौंडा–२ स्थित सिद्धार्थ माविमा चार वटा मतदान स्थल थप्ने तयारी गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले छिटो भन्दा छिटो मत परिणाम सार्वजनिक गर्ने उदेश्यले चार वटा मतगणनास्थल थप्न लागेको जानकारी दिए ।

थप चार मनगणना स्थलमा गणना गर्नका लागि तारजाली हाल्ने काम भइरहेको उनको भनाई छ ।
तयार भएपछि थप ४ ठाउँबाट मतगणना सुरु गरिने उनले बताए ।