मनहरी ३ मा कांग्रेसका अर्याल निर्वाचित

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १८:५५

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका अनन्त अर्याल निर्वाचित भएका छन् । उनले १ हजार ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका सञ्जीव पाठकले ७२०, नेकपा एमालेका मान बहादुर बलले ५४३, नेकपा एकीकृत समाजवादीका विष्णु बहादुर थिङ्ले १०७ , राप्रपाका बलराम शाहीले ५७ मत प्राप्त गरेका छन् ।

यसअघि मनहरी गाउँपालिका वडा नम्वर १ र २ को मतगणना सम्पन्न भइसकेको छ । वडा नम्वर १ मा कांग्रेसका शिवप्रसाद खनाल निर्वाचित भएका छन् भने वडा नम्वर २ मा माओवादी केन्द्रका राजकुमार पाख्रिन विजयी भएका छन् । गाउँपालिकामा भने गठबन्धनका उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् ।