अपडेटः हेटौंडा १ बाट दिपक सिंहलाई ९०७ भोट, वडा अध्यक्षमा न्यौपाने अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १५:०१
file-photo

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको १,२,१८ र १९ नम्वर वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हालसम्म वडा नम्वर १ को २ हजार ९२३ मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ८७९ मत ल्याएकी छिन् ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ७७१ र राप्रपाका दिपक बहादुर सिंहले ९०७ मत ल्याएका छन् ।
उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले १ हजार २६८, एमालेकी सुमित्रा काफ्लेले १ हजार २३ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीले २०३ ल्याएका छन् ।

वडा अध्यक्ष पदमा गठबन्धनका सविन न्यौपानेले १ हजार ३०७ मत ल्याएका छन् भने एमालेका उत्तम पौडेलले १ हजार १९५ मत ल्याएका हुन् । राप्रपाका उम्मेदवार सुजन शाहीले १८० मत ल्याएका छन् । हेटौंडा १ मा ३ हजार २९३ मत खसेको थियो ।