अपडेटः हेटौंडा १८ मा १२८२ गन्दा अनिल बानियाँ अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १४:२०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को १ हजार २८२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ४८३ मत पाएका छन् ।

यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ४०२ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले २६८ मत ल्याएका छन् ।
त्यस्तै उपमेयर पदमा नेकपा एमालेकी सुमित्रा काफ्लेले ४४३ मत प्राप्त गरेकी छन् भने गठबन्धनका राजेश बानियाँले ५३२ मत र राप्रपाकी उम्मेदवार इन्दिरा डल्लाकोटीले ६४ मत प्राप्त गरेका छन् ।

यस्तै, वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार अनिल बानियाँले ६४१ मत, र गठबन्धनका रामबाबु बानियाँको ५२० र राप्रपाको उम्मेदवारको ४५ मत आएको छ ।