अपडेटः बकैया ११ मा कांग्रेसका नेसुर निर्वाचित

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १३:१२

मकवानपुर । बकैया गाउँपालिका वडा नम्वर ११ मा कांग्रेसका गोपाल बहादुर नेसुर निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार नेसुले ७६० मत ल्याउँदै जित हात पारेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कमल बहादुर घलानले ३२३ मत ल्याएका छन् ।

यसैगरी,नेकपा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार कृष्ण राज भुलुनले १२५ मत ल्याएका छन् । यसअघि बकैया गाउँपालिका वडा नम्वर १ र २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।