मकवानपुरमा २२ वडाको मत परिणाम सार्वजनिकः कुन पार्टी कति वडामा विजयी ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मत गणना जारी रहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ४ वटा वडाको मत गणना भइरहेको छ । थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको गरी कूल २२ वटा वडाको भने मत परिणाम प्राप्त भइसकेको छ । आइतबार दिउँसो १२ बजेसम्म प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ७ र ५ वटा वडामा नेकपा एमालेले जित हाँसिल गरेको छ ।
नेपाली कांग्रेसले जित हासिल गरेका वडाहरुमा भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान, कैलाश–१ मा तेज बहादुर ब्लोन, कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ, मनहरी–१ मा शिव प्रसाद खनाल, मकवानपुरगढी–१ आइत सिंह लो, मकवानपुरगढी–८ कुमार घिसिंङ, इन्द्सरोबर–१ सुवास थापा, इन्द्रसरोबर–२ सुमन श्रेष्ठ, बकैया–११ गोपाल बहादुर नेसुर र राक्सिराङ–२ बुद्ध राम मुक्तान रहेका छन् ।
त्यस्तै मकवानपुरमा नेकपा माओवादी केन्द्रले थाहा–१ हेरमान गोपाली, थाहा–२ बमबहादुर सिंतान, बकैया–१ आशिश तितुङ, बकैया–२ विश्वराज स्याङतान, मनहरी–२ राजकुमार पाख्रीन, बागमती–१ यहुन्ना राई, भीमफेदी–३ पृति लाल लामा निर्वाचित भएका छन् ।
त्यस्तै नेकपा एमाले विजयी भएको वडाहरुमा भीमफेदी–२ काशी राम बज्यु, भीमफेदी–४ सागर पाण्डे, कैलाश–१० सूर्य बहादुर ब्लोन, राक्सिराङ–१ बाबीराम मुक्तान र भीमफेदी ५ मा जाहार सिं लामा रहेका छन् । मकवानपुरमा १०२ वटा वडा रहेका छन् ।
