थाहा नगरको ३ नम्वर वडा अध्यक्षमा माओवादीका हिरेन्द्र निर्वाचित
मकवानपुर । थाहा नगरपालिका वडा नम्वर ३ मा माओवादी केन्द्रले नेतृत्व गरेको छ । आइतबार सम्पन्न मतगणनामा हिरेन्द्र रायमाझीको नेतृत्वमा माओवादीको प्यानल नै निर्वाचित भएको हो ।
रायमाझीले ७५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुजनकुमार रायमाझीले ५७० मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाका वडा अध्यक्षका प्रत्यासी दिनेश विष्टले ४६४ मत प्राप्त गरे । राप्रपाका प्रमोद केसीले ३४ मत प्राप्त गरेका छन् ।
यसपटकको स्थानीय तह निर्वाचनमा वडा नम्वर ३ मा माओवादीले आफ्नो विरासत जोगाउँदा एमाले भने दोस्रो स्थानमा उक्लेको हो । खुल्ला वडा सदस्यहरुमा माओवादीका कृष्णकुमार कार्की र पवित्रा कार्की, महिला सदस्यमा कविता विष्ट र दलित महिला सदस्यमा सविता सुनार निर्वाचित भएका हुन् ।
