अपडेटः हेटौंडा १ मा रोचक प्रतिस्पर्धाः गठबन्धनका न्यौपाने ५४ मतले अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १०:०२

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म २ हजार २२३ मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ७१६ मत ल्याएकी छिन् ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ६३६ र राप्रपाका दिपक बहादुर सिंहले ६२२ मत ल्याएका छन् ।

उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले १ हजार १०, एमालेकी सुमित्रा काफ्लेले ८४६र राप्रपाकी इन्दिरा डल्लाकोटीले १९२ मत पाएका छन् ।

वडा अध्यक्षमा गठबन्धनका सचिव न्यौपानेले ५४ मतले एमालेका उम्मेदवार उत्तम पौडेललाई पछि पारेका छन् । न्यौपानेले १०३५ मत ल्याएका छन् भने एमालेका उत्तम पौडेलले ९८१ मत ल्याएका हुन् । राप्रपाका उम्मेदवारले १२३ मत ल्याएका छन् ।