अपडेटः हेटौंडा १८ मा एमालेका अनिल बानियाँ ११० मतले अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार ०९:३०
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को ९००मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ३५१ मत पाएका छन् ।

यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले २८१ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले १९१ मत ल्याएका छन् ।
त्यस्तै उपमेयर पदमा नेकपा एमालेकी सुमित्रा काफ्लेले ३९८ मत प्राप्त गरेकी छन् भने गठबन्धनका राजेश बानियाँले ३८० मत र राप्रपाकी उम्मेदवार इन्दिरा डल्लाकोटीले ४६ मत प्राप्त गरेका छन् ।

यस्तै, वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार अनिल बानियाँले ४६४ मत, र गठबन्धनका रामबाबु बानियाँको ३५४ र राप्रपाको उम्मेदवारको ४३ मत आएको छ ।