अपडेटः भीमफेदीमा गठबन्धनका स्याङ्तान २६६ मतले अगाडि
मकवानपुर । भीमफेदी गाउँपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । यो समाचार तयार पार्दासम्म गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बद्री स्याङ्तानले ३ हजार १९७ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदमा सञ्जिव श्रेष्ठले ३ हजार १२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिदम लामाले २ हजार ९३१ मत पाएका छन् भने उपाध्यक्षमा पार्वती रानाले २ हजार ८ २५ मत पाएकी छिन् ।
भीमफेदीमा हालसम्म ४ वटा वडाको परिणाम आइसकेको छ । जसमा वडा नम्वर १ मा गठबन्धनले जित हात पारेको छ भने २ र ४ मा नेकपा एमालेले नेतृत्व लिएको छ । वडा नम्वर ३ मा भने माओवादी केन्द्रमा उम्मेदवार विजयी भएका छन् । हाल वडा नम्वर ५ र ६ को मतगणना जारी रहेको छ । भीमफेदीमा ९ वटा वडा रहेको छ ।
