हेटौंडा १९ मा १३७६ मत गन्दा गठबन्धन अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार ०८:५०
file-photo

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म १ हजार ३ सय ७६ मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ५२३ मत ल्याएकी छिन् ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ४४४ र राप्रपाका दिपकबहादुर सिंहले १८१ मत ल्याएका छन् । उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ५२४, एमालेकी सुमित्रा काफ्लेले ५०९ र राप्रपाबी इन्दिरा डल्लाकोटीले ४९ मत पाएकी छिन् ।

वडा अध्यक्षतर्फ एमालेको उम्मेदवारले ५१६, कांग्रेसको उम्मेदवारले ३८२ मत, माओवादी केन्द्रको उम्मेदवार ३६१ मत र राप्रपाको उम्मेदवारले २६ मत प्राप्त गरेका छन् ।