बकैयामा ५ मतान्तरले माओवादी केन्द्र कांग्रेससँग विजयी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर २ मा पनि नेकपा माओवादी केन्द्रले नेतृत्व लिएको छ । वडा नम्वर २ को अन्तिम मतपरिणाम अनुसार माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार विश्वराज स्याङतान ३६० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रबहादुर जिम्बाले ३५५ मत प्राप्त गरे । यसैगगरी, नेकपा एमालेका उम्मेद्वार पोते लाल स्याङतानले ३३७ मत प्राप्त गरे ।
यसअघि बकैया १ मा पनि माओवादी केन्द्र विजयी भएको थियो । २०७४ मा भएको स्थानीय निर्वाचनमा बकैया १ र २ नम्वर वडामा माओवादी केन्द्र विजयी भएको थियो ।
